११ कार्तिक २०८३, बुधबार

एमाओवादी नेतृत्वको मोर्चा सहमतिमा आउन चाहदैन् : सञ्चारमन्त्री रिजाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra-Rijalसोलुखुम्बु, ११ फागुन । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चा सहमतिमा आउन नचाहेका कारण गतिरोध लम्बिएको बताउनुभएको छ ।

सहमतिको मन्त्र जपेर मारकाट गर्ने योजना एमाओवादी मोर्चाले बनाइरहेको उहाँको आरोप छ । उहाँले देशमा अहिले एकथरी मारकाट र अर्कोथरी माघ १९ दोहोर्‍याउने खेलमा लागेको बताउनुभएको छ ।

जिल्ला विकास समिति सोलुखुम्बुको २३औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रममा मन्त्री रिजालले अहिले एमाओवादी नेतृत्वको मोर्चा मारकाटमा र अर्कोथरी शक्ति राजसंस्थाको नारा लगाएर माघ १९ फर्काउने खेलमा रहेको उल्लेख गर्नुभयो ।

ती दुवै थरीको सपना पूरा नहुने भन्दै उहाँले यही संविधानसभाबाट संविधान जारी हुने दाबी गर्नु भयो । मन्त्री रिजालले १२ बुँदे सहमतिमा जनताको संविधान जारी गर्ने विषयमा हस्ताक्षर भएको उल्लेख गर्दै कुनै दल तथा व्यक्तिको नभई जनताको संविधान बनाउने र त्यसका लागि संविधानसभामा जनमत रहेको चर्चा गर्नु भयो ।

जनमतको कदर गर्दै सकेसम्म सहमति नभए बहुमतका आधारमा चाँडै संविधान जारी गर्ने मन्त्री रिजालको भनाइ छ ।