काठमाडौं, ११ फागुन । विश्व फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडमा तेस्रो सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन् ।
हिजो राति भएको खेलमा इल्चे टिमलाई २–० गोल अन्तरले पराजित गर्दै रोनाल्डोले रियल मड्रिडमा तेस्रो सर्वाधिक गोलकर्ताको स्थान बनाएका हुन् । हिजोको खेलमा उनले एक गोल गरेका थिए ।
रियलका रोनाल्डोको लागि यो उनको २९०औं गोल हो । १९७१ मा डेब्यू गरेका उनले ६४५ खेलमा २८९ गोल गरेका छन् । यो गोलसंगै उनले उनले स्पेनका स्ट्राइकर कार्लोस सान्टिलानालाई पछि पारेका छन् । रोनाल्डोले मात्र २८१ खेलमा २९० गोल गरेका छन् ।
रियल मड्रिडका सर्वाधिक गोलकर्ता राहुल भन्दा ३३ गोलले रोनाल्डो पछाडी छन् ।
हिजोको खेलमा इल्चेविरुद्धको जितसँगै रियल मड्रिडले बार्सिलोनासँगको दुरी चार अंकले बढाएको छ ।
बार्सिलोनाले शनिबार राति मालागासँग अप्रत्यासित हार ब्यहोरेको थियो । जसले रियललाई अंकमा माथि पुग्न सजिलो बनायो । रियल मड्रिडले २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको २३ खेलबाट ५६ अंक छ ।
















प्रतिक्रिया