४ कार्तिक २०८३, बुधबार

नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठक बालुवाटारमा जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदाै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बसिरहेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएकाे बैठकमा पोलिटव्युरो गठन तथा स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउने लगायतका बिषयमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असहमति पत्रबारे पनि छलफल हुने जनाइएकाे छ । नेपालले सचिवालयमा ७ बुँदे असहमतिपत्र पेश गरेका थिए ।

नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा बादल छन् ।

बिहीबारको सचिवालय बैठकमा वरिष्ठ नेता खनाल बाहेकका नेता सहभागी छैनन् । वरिष्ठ नेता खनाल उपचारको लागि बुधबार साँझ चीन प्रस्थान गरेका थिए ।