१६ कार्तिक २०८३, सोमबार

चितवनमा पक्राउ परेका १४ जना विरुद्ध सार्वजनिक मुद्धा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । चितवनका विभिन्न ठाउँमा भएका प्रदर्शनबाट नियन्त्रणमा लिइएका १४ जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

प्रहरीमाथि आक्रमण गर्ने, भीडलाइ उत्तेजित बनाउने र उच्छृंखल क्रियाकलाप गर्ने १४ जनालाई मुद्दा दर्ता गरिएको चितवन प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा पक्राउ परेका २३ जनामध्ये १४ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । बाँकी केहीलाई मुद्दा दर्ताको प्रकृया अगाडि बढाइएको छ भने केही मुद्दा प्रकृयामा गइसकेका छन् ।

 प्रहरीले सामाजिक सञ्जालमा भड्काउने अभिव्यक्ति दिने विरुद्ध पनि निगरानी थालेको छ ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा चितवन प्रदर्शन भइरहेको छ ।

तर, प्रदर्शनको नाममा उदण्डता मच्चाएको र घुसपैठ भएको प्रहरी दाबी छ ।