३० आश्विन २०८३, शुक्रबार

तीज विशेष साँस्कृतिक कार्यक्रममा विदेशी नाचे !

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-भगवान गिरी
लिस्बन, ४ भदौ । नेपाली महिला समाज पोर्चुगलद्धारा लिस्बनमा आयोजित तीज विशेष साँस्कृतिक कार्यकममा विदेशी नाचेका छन् ।

पोर्चुगलका ६७ वर्षीय नागरिक जो नेपाली समुदायलाई निकै माया गर्ने ‘भिक्टोर बाजे’ ढाकाटोपीमा सजिएर नमस्कार गर्दै नाचेका हुन् । नेपाली भाषा, सँस्कृतिको जगेर्ना उद्देश्यले आयोजित कार्यक्रममा नेपाली तीज गीतमा उनी छमछमी नाचेका थिए ।  उनले नेपाली कला सँस्कति निकै राम्रो भएको बताउँदै कार्यक्रममा खुशी व्यक्त गर्दै तीजको शुभकामना व्यक्त समेत गरेका थिए ।

बाग्लुङ देखि ७ महिना पहिला आफ्नो छोराबुहारीको पारिवारिक भिसामा पोर्चुगल आएकी ७० वर्षीय गँगा कुमारी गौतम खुशीको सिमा नै छैन । प्रवासी ठाउँ छोराबुहारी काममा जाने घरमा बोल्ने साथीहरू पनि छैनन् ।

घरमा नै कुरेर बस्नु पर्दा निकै गार्हो तर आज महिला समाज पोर्चुगलले साँस्कृतिक कार्यक्रम आयेजना गरेकोले सबै नेपाली महिला रातो सारीमा सजिएर नेपाली तीज गीतमा छमछ्मी नाचगान गरेको देख्दा उनी खुशी भइन् । उनले सात समुन्द्र पारी आउँदा नेपालको नै झझल्को आयो भन्दै आयोजक लाई धन्यवाद दिइन् ।

देवीराम चिडाल छोरीज्वाँईको पारिवारिक भिसामा ४ महिना अगाडि पोर्चुगल आएका कार्यक्रम छमछमी नाचेका थिए । नेपालमा भन्दा पनि कति नेपाली मिलेर बसेको भने । सुरुमा पोर्चुगलमा आएको नयाँ ठाउँ नयाँ भाषाको कारण निकै अत्यास लागेको थियो । यहाँ कार्यक्रम आउँदा नेपाल कुनै जिल्लामा भएको कार्यक्रममा सभागी भएको र आफ्नु नेपालमा रहेको महसुस गर्दै निकै रमाएको कुरा बताए ।

नेपाल सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउन उदेश्यका साथ नेपाली कला सँस्कृति पिदेशी माझ पुर्याउने उदेश्यका साथ तिज विषेश कार्यक्रममा विदेशीको बाक्लो उपस्थिति रहेको थियो । विदेशीले समेत छमछमी नाचेको देख्न मात्रै होईन अतिथि भएर तीजको शुभकामना दिन पनि पछि परेनन् ।

पोर्चुगलको युनिभर्सिटीमा अध्यापन गर्दै आएकी प्रोफेसर रेजिना सान्तु सारी ब्लाउजको साथमा कार्यक्रम स्थलमा आईन् । बाक्लो उपस्थिति रहेका नेपाली समुदाय, विभिन्न स्थानबाट आएका पर्यटकहरुलाई सम्बोधन गर्दै भनिन् नेपालीहरुको कला सँस्कृति निकै राम्रो रहेछ । मलाई मन पर्यो म छिटै नेपाल घुम्न जान्छु । त्यति मात्रै होईन नेपाली निकै ईमानदार हुन्छन् उनीहरुप्रति मेरो पूर्ण विस्वास रहेको बताईन् ।

२५ वर्षीय कल्पना सुवेदी आफ्नो श्रीमान् वैदेशिक रोजगारको लागि पोर्चुगल रहेको श्रीमानको डिपेन्डेन भिषामा दुई वर्षअघि पोर्चुगल आएकी उनी सुपर मार्केटमा काम गर्छिन् । चार घन्टा सम्म चलेको कार्यक्रममा एक छिन पनि बसिनन् नाची रहिन् ।

विदेशी भूमि बिना काम खान मुस्किल छ । काम घर, काम घर गर्दागर्दै दिक्क लाग्दो जिन्दगी लागेको थियो । घरदेश छोडेर परदेश आएका हामी कहिलेकाँही रमाईलो गर्न मन लाग्यो । यहाँ आएँ छमछमी नाचेकी छु । नाच्नु पनि पर्यो बेला मौका यति ठुलो अवसर पाएको बताईन् ।

६५ वर्षीय लिला केसि खुशी हुँदै भने छोराले १३ महिना अघि पोर्चुगल बोलाएर आएको छोरा बुहारी नाती नातिना यहीँ छन् । हावापानी नेपालको जस्तै, न धुलो छ ।

शान्त वातावरण निकै रमाइलो लागिरहेको छ । नेपालमा बुढा बुबाआमा लाई कसैले वास्ता गर्दैन तर यहाँ सबै बृद्ध बुबा आमालाई निकै सम्मान गर्दा रहेछन् । कार्यक्रम कुरा गर्दा त नेपालमा पनि देखेको थिएन यतिका मान्छे जम्मा भएर सौहार्द पूर्वक सम्पन्न भएको । मलाइ त नेपालको न्यास्रो नै मर्यो ।

५० वर्षीय काठमाडौँका कपिल भण्डारीले भने मिनि नेपाल पोर्चुगलमा देख्ने अवसर मिल्यो, खुशी व्यत गरे परदेशको आफ्नो कामलाई एक दिन रमाउन चाहने दिदीबहिनी, दाजुभाइ नेपाली महिला समाजले निकै उदाहरणिय काम गर्यो ।

पछिल्लो समय नेपाली हरुको चाप बढदै जाँदा नेपाली युवायुवतीले आफ्नो भाषा सँस्कृति जगेर्ना गर्नु पर्नेमा झन्झन् भुल्दै जाँदा प्रवासमा पनि यस्तै कार्यक्रम आयोजना गर्नुपर्ने उपस्थितिहरुको विचार रहेको थियो ।

नेपाली महिला समाज पोर्चुगलले खुल्ला पार्कमा गरेको कार्यक्रममा चर्को घामको प्रवाह नगरी नेपाली नारी सारीमा सजिएर आएका थिए । कार्यक्रममा राष्ट्रीय कलाकारहरुको बिजोड पस्तुती रहेकोले कार्यक्रमको रोनक झनै थपिएको थियो ।

हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको उद्घाटन पर्यटन दुत रमेशकुमार गुरुङले गरेका थिए । मन्तव्ण्य पत्रकार महासङ पोर्चुगलका सयोजक योगेन्द्र मिलन छन्त्याल, एनआरएनए पोर्चुगलका वरिस्ठ उपाध्यक्ष तिलक गैरे, प्रमुख अतिथि रमेशकुमार गुरुन राख्नु भएको कार्यक्रमको स्वागत मन्तव्य समाजकि उपाध्यक्ष माया पौडेल खरालले राखेकी थिईन् । कार्यक्रम समाजकी महासचिव सरिता शर्मा, सचिव सरला तिमिल्सिनाले संचालन गरेका थिए ।