
काठमाडौं, ४ भदौ । दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनका लागि काठमाडौं उत्रिएका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीलगायतको टोली उनको स्वागतका लागि विमानस्थल पुगेको थियो ।
प्रधानमन्त्रीसँगको भेटमा नेपाल–भारत सम्बन्धमा कुराकानी हुनुका साथै उनको स्वास्थ्यका विषयमा जयशंकरले जानकारी लिने जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने जनाइएको छ ।















प्रतिक्रिया