१६ कार्तिक २०८३, सोमबार

हराएको मोटरसाइकल फेला पारियाे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धादिङ, २ भदौ । प्रहरीले हराएको मोटरसाइकल फेला पारेर आइतबार सम्बन्धित धनीलाई बुझाएको छ । विदुर नगरपालिका ८ बस्ने सञ्जय तामाङको गत बैशाख २० गते हराएको बा.५१ प ४३४३ नम्बरको मोटरसाइकल फेला पारिएको हो ।

निलकण्ठ नगरपालिका १२ पशुपति डाँडामा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीलाई देख्नासाथ अज्ञात चालकले बा.५१ प ४३४६ मोटरसाइकल छोडी भागेपछि प्रहरीले उक्त मोटरसाइकल बरामद गरेको थियो ।

साथै सवारी धनीको खोजी तथा अनुसन्धानको क्रममा तामाङको घरबाट चोरी भएको वास्तविक बा.५१ प ४३४३ नम्बरको मोटरसाइकललाई बा.५१ प ४३४६ बनाइएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।