२८ आश्विन २०८३, बुधबार

सेवाग्राहीबाट अनधिकृत रकम असुली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaधनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाको नागरिकता फाँटमा तोएकिो दस्तुरबाहेक हरेक कामका लागि कर्मचारीले अनधिकृत रुपमा सेवाग्राहीबाट रकम असुली गर्ने गरेका छन् ।

लाममा नबसी सीधै टेबुलमा फाइल पुर्‍याउन ५० रुपियाँ, अगाडि फाइल खोलाउन एक सय रुपियाँ, प्रतिलिपि बनाउन अभिलेख खोज्न पाँच सय रुपियाँ र बिना कुनै झमेला काम गराउनका लागि एक हजारदेखि एकहजार पाँचसय रुपियाँसम्म लिने गरेका छन् ।

नागरिकताको प्रतिलिपि बनाउन तीन दिनदेखि टन्टलापुर घाममा जिल्ला प्रशासन कार्यालय धाइरहेका कनकपट्टी निवासी लक्ष्मण शर्माले २०५२ सालमा दर्ता भएको आफ्नो नागरिकताको अभिलेख खोजी दिन पटक पटक भन्दा पनि कर्मचारीले टेरेनन् ।

त्यसपछि कार्यालयका सहायक भक्तबहादुर भुजेलको सुझाव अनुसार पाँच सय रुपैयाँ फाँटका कर्मचारीलाई दिएपछि काम भएको उनले बताए । ‘पहिलो दिन त कर्मचारीहरुले अभिलेख छैन भनेर पठाए,’ शर्माले भने ‘तेस्रो दिन पैसा दिने बित्तिकै एक घन्टामा अभिलेख आयो, सिस्टम यस्तो रहेछ ।’

कर्मचारीले सोझै घुस नमागेपनि काममा ढिलाइ गरेपछि उनीहरु बाहिर घुमफिर गरिरहने र दलाल र कार्यालय सहायकले सुझाव स्वरुप काम छिटो गर्ने भए पैसा खुवाउनु भनेपछि सेवाग्राही पैसा दिएरै काम गराउन बाध्य हुने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट