३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैँककोे कञ्चनपुरमा विस्तारित काउण्टर सञ्चालनमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । एनआईसी एशिया बैंकले विस्तारित काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । यही क्रममा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकी स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर यही भाद्र १ गतेबाट सञ्चालनमा ल्याइएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको समुद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले गरे ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे, नेपाल सरकार भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भिम प्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको जानकारी गराए ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।