
काठमाडौँ, १ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
तिलोत्तमा नगरपालिका ९ दक्षिणटोलास्थित घरमा काम गरी बस्ने अर्घाखाची मालापानी गाउँपालिका १ घर भएका ३६ वर्षीय बलराम सुबेदीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, मोरङको रतुवामाई नगरपालिका बस्ने ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका ६ बिरानमुनी टोल बस्ने ४५ वर्षीय दुर्गा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित बाँसको झ्याँगमा लगेर जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया