३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ रेमिटको ‘७६ साल, ७६ उपहार’ अभियान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । मुक्तिनाथ विकास बैंकअन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी आजदेखि ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ ।

कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पूर्ण ग्राहकमध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिने बैंकले जनाएको छ ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुटुथ स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ इन्चको स्मार्ट टिभी, ५ जनालाई २ सय लिटरको फ्रिज, ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटी वितरण गरिनेछ ।

विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाट २०७६ मंसीर १५ गते आईतबार ३ बजे बैैंकको फेसबुक पेजमार्फत लाइभ गरिनेछ । बैंकले यस अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी १ सय १८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।