१६ कार्तिक २०८३, सोमबार

विकट गाउँमा निःशुल्क भिडियो एक्सरे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धादिङ, ३२ साउन । जिल्लाको उत्तरी गङ्गाजमुना गाउँपालिकाको विकट क्षेत्रमा गर्भवती महिलाका लागि सञ्चालित निःशुल्क भिडियो एक्सरे सेवाबाट १११ जना लाभान्वित भएका छन् ।

वर्षाको समयमा गाउँ/गाउँमा पुगेर भिडियो एक्सरेसेवा दिएपछि महिला र बच्चाको ज्यानको सुरक्षा गर्न सकिएकामा खुशी लागेको निःशुल्क भिडियो एक्सरे सेवा दिन गाउँ पुगेकी सुनिता अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका छ वटा स्वास्थ्य संस्थामा पुगेर गर्भवतीको अवस्था, पेटमा भएका बच्चाको अवस्था, पेटमा पानीको मात्रा, बच्चाको अवस्था, बच्चाको मुटुको धड्कनको अवस्थाबारे थाहा पाएर स्वास्थ्य समस्या पहिचान गरी उपचारमा जान सल्लाह दिने उद्देश्यले गाउँपालिकाले भिडियो एक्सरे सेवा शुरु गरेपछि धेरै महिलाको ज्यान जोगिएको गाउँपालिकास्थित स्वास्थ्य संयोजक दीपक अधिकारीले बताउनुभयो ।

बसेरीमा १६ जना, बुढाथुममा १४ जना, फूलखर्कमा १८ जना, गुम्दीमा २८ जना र रिकोका दुई स्वास्थ्यचौकीमा ३५ जना गरी १०८ जनाले निःशुल्क भिडियो एक्सरे सेवा लिएका अधिकारीले जानकारी दिनुभयो । –रासस