काठमाडौं, १० फागुन । राजधानीको काँडाधारीमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी महाशाखाका अनुसार काठमाडौंको काँडाघारीमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका–३ विरेन्द्रचोकमा बस्दै आइरहेको राजन बस्नेत, उनकी श्रीमति पबिता र ७ महिने छोरी मृत फेला परेका हुन् । रामेछाप बाम्ती १ का स्थायी बसोबास भएका उनीहरु काँडाघारी स्थित शंकर खतिवडाको घरमा डेरा गरी बस्दै आएका थिए ।
आफ्नै कोठाभित्र आइतबार विहान मृत अवस्था फेला परेको प्रहरी नावय उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । चितवनमा नेपाली सेनामा जागिरे बस्नेत तालिमका सिलसिलमा हेडक्वाटर आएका थिए ।
घरबेटी खतिवडाले विहान अबेरसम्म पनि ढोका नखुलेपछि आफै खोल्ने प्रयास गरेका थिए । धेरै प्रयास गर्दा समेत ढोका नखुलेपछि शंका लागेर उनले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोलीले ढोका फोडेर खोल्दा झ्यालहरु सबै बन्द थिए । तिनैजना खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।
मृत बस्नेत परिवारलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । मृत्युको कारण खुल्न सकेको छैन् ।















प्रतिक्रिया