काठमाडौं । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप राजधानीका बजारमा छ्यापछ्यापती बिक्रीवितरण भइरहेको फेला परेको छ ।
कुलेश्वर, कालीमाटी तथा बल्खुको फलफूलका गोदामहरुमा अघिल्लो रात कार्बाइड प्रयोग गरी पकाएका आँपहरु बिहान बिक्रीको लागि बजार लैजाने गरेको फेला परेको हो ।
बिहीबार बिहान कुलेश्वरबाट साइकलमा आँप बिक्रीको लागि बजार निस्कँदै गरेका भारत पटियानी घर भएका मोहम्मद मिजुलले आँपमा विषादी हालेर पकाइने गरेको स्वीकार गरे ।
उनले भने,’हामीले पनि खरिद गरेर लैजाने हो सर, बिहान साइकलमा लोड गर्दासम्म त तातो नै हुन्छ । कार्बाइड नहाली त तातो हुँदैन ।’
मिजुल मात्रै होइन, बजारमा आँप बिक्री गर्ने बिक्रेताहरु झिसमिसेमै आँपको गोदाममा पुग्छन्, तातो, तातो आँप लोड गर्छन र बजारतिर दौडाउँछन् ।
तातो हुनुको अर्थ कार्बाइड प्रयोग गरेर पकाइएको भन्ने प्रमाणित हुन्छ । कार्बाइडबाट उत्पादन हुने एसिटिलिन (एक प्रकारको ग्यास)ले काँचो फलफूल एकै रातमा पकाउन सक्छ । आर्थिक दैनिकबाट













प्रतिक्रिया