११ कार्तिक २०८३, बुधबार

३० दलिय मोर्चाको आन्दोलन कुनै हालतमा रोकिदैन : नारायणकाजी श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayankaji-shresthaमहेन्द्रनगर, १० फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ संविधान निर्माणका लागि सहमतिको विकल्प नभएको बताउनुभएको छ ।

राष्ट्रिय भूमी अधिकार मञ्च नेपालको राष्ट्रिय सम्मेलनमा सहभागि हुन यहाँ आएका एमाओवादी उपाध्यक्ष श्रेष्ठले आईतबार महेन्द्रनगरमा आफ्ना कार्यकर्ताहरुसंगको भेटमा यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो–‘संविधान निर्माणका लागि सबै राजनीतिक शक्तिहरुबीच सहमति हुनुपर्छ ।’ संविधान कुनै ऐन नभएकाले यो राजनीतिक दस्तावेज र मुलुक सञ्चालन गर्ने मुख्य कडी भएकाले पनि सबैको सहमति भएमात्रै संविधान उपयुक्त हुने बताउनुभयो ।

सत्तापक्षले बहुमतको आडमा संविधान बनाउने काम एकलौटी गरेको भन्दै त्यसको बिरुद्धमा एमाओवादी सहितका मोर्चाले आन्दोलन थालेको समेत स्पष्ट पार्नुभयो । ‘एमाओवादी सहित ३० दलिय मोर्चाले सहमतिको संविधान निर्माणका लागि आन्दोलन थालेको हो ।’, उनले भने ।

प्रधानमन्त्रीले जारी गरेको दोस्रो पत्रले दलहरुबीच सहमति नजिक पुर्‍याउने उहाँको भनाई छ । शान्ति प्रकृयाका आधा हिस्सा माओवादी भएकाले माओवादीलाई एक्ल्याएर काँग्रेस-एमाले नयाँ संविधान ल्याउन नसक्ने समेत उहाँको जिकिर छ ।

सबै विचारलाई समेटेर ल्याएको संविधान दिगो हुने भन्दै सबै नयाँ संविधान निर्माणका लागि सबै दलहरुको अधिकतम सहमति चाहिने उहाँको सुझाव छ । एमाओवादी उपाध्यक्ष श्रेष्ठले माओवादी सहितका मोर्चाले थालेको आन्दोलन नरोकिने भन्दै आन्दोलन र बार्ता संगसंगै गरिने समेत बताउनुभयो ।