
कपिलवस्तु, २७ साउन । कपिलवस्तु नगरपालिका ८ दोहनीस्थित सडकमा लु.२ त ५८३९ नम्बरको ट्याक्टरले युपि ५५ एस ०२१८ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका २ अविराव बस्ने ४२ वर्षीया प्रमिला यादवको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया