३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंक र दुई अस्पतालबीच सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित संजिवनी हस्पिटल तथा आई.भि.एफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ ।

सम्झौता पत्रमा संजिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंक लिका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

साथै, विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसँग पनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । सम्झौता पत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले संजिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।