– यज्ञप्रसाद सापकोटा
बर्दिया, १० फागुन । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले विगत्को द्धन्द्ध र राजनीतिक अस्थिरताका कारणले मुलुक पछाडी परेको बताउनु भएको छ ।
बर्दिया उद्योग वाणिज्य संघ राजापुरको २९ औ चुनावी साधारणसभामा बोल्दै ढकालले सो कुरा बताउनुभएको हो । उहाँले चिन र भारतको जसरी आर्थिक विकास गर्न नसक्दा अहिले युवा शक्ती विदेशमा गएर जोखिम पुर्ण काम गर्न बाध्य भएको बताउनु भयो ।
राजनीतिक स्थिरता नहुँदा दैनिक सयौ युवाहरु खाडी मुलुकहरुमा हत्केलामा ज्यान राखेर काम गर्न जान बाध्य हुनु परेको बताउदै उनले नेपालको पुर्वाधार विकासका साथै यो क्षेत्रको सम्भावनालाई अगाडी बढाउनको लागि र यहाँको कृषिलाई आधुनीकीकरण गर्नको लागि मुलुकमा दिगो शान्ति कायम गरी युवाशक्तिलाई स्वदेशमै स्वरोजगारमुलक कार्यमा लगाउनुपर्ने बताउनुभयो ।
देशमा सधैं राजनीतिक अस्थिरता रहिरहने बन्द, हड्ताल जस्ता कुराको अन्त्य नहुने हो भने नेपालीले विदेशीहरुको सहयोगमा बा“च्नु पर्ने अवस्था आउने बताउदै ढकालले आगामी दिनमा बन्द विरुद्ध सडकमा उत्रिन सम्पुर्ण उद्योगि व्यापारीलाई आग्रह समेत गरे ।
उद्योगवाणिज्य संघ राजनीति गर्ने थलो भएको बताउनु भएको छ । उहाँले स्थानीय निर्वाचन नहुँदा राजनीतिक दलले राजनीतिक गर्ने थलोको बनाएको बताउनुभयो ।
उद्घाटन शत्रका अतिथि उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले राजापुर क्षेत्र कृषिमा उब्जाउ भुमि भएपनि युवाहरु विदेश पलायन भएको कारणले कृषि क्षेत्रको उब्जनी घट्दै गएको बताउनुभयो । उहाँले युवाहरुलाई व्यावसायीक कृषि क्षेत्रमा लगाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले अर्थतन्त्रको नेतृत्व गर्ने व्यक्तीहरु पैसाको खेल खेलेर उद्योग वाणिज्य संघमा खेल खेल्न थालेको बताउनु भयो । उहाँले भन्नु भयो जिल्ला देखि केन्द्र सम्म उद्योग वाणिज्य महासंघमा राजनीतिक खेल हुने गरेको बताउनुभयो ।
जिल्लाको पुरानो तथा ऐतिहासीक शहर राजापुर मध्य तथा सुदुरपश्चिमको पुरानो शहर हो । बर्दिया जिल्लामा पहिलो पटक २०३७ सालमा स्थापना भएको बर्दिया उद्योगवाणिज्य संघ राजापुर भौगोलिक विकटताका कारण अगाडी बढ्न सकेको छैन ।















प्रतिक्रिया