गौशाला, १० फागुन । तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकीकृत नेकपा माओवादीले चाहेजस्तो जातीय राज्य आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।
सहमतिमै संविधान बन्नुपर्ने माग राख्दै आन्दोलनमा जाने निर्णय गरेको ३० दलिय मोर्चाका सदस्य समेत रहेका अध्यक्ष ठाकुरले एमाओवादीको नेतृत्वको आन्दोलनमा सहमतिका लागि मात्रै सहकार्य गरिएको बताउनुभयो ।
उहाँले सत्ताधारी पक्षलाई सबैको साझा संविधान बनाउन सल्लाह समेत दिनुभयो । उहाँले भन्नुभयो-‘सबै जातजातिको समान अधिकार भएको संविधान बनाउनुपर्छ, त्यसका लागि सत्तापक्षदलहरुले सहमतिमा आउनुपर्छ ।’
तीस दलीय गठबन्धनको विरोधसभालाई सम्बोधन गर्दै नेता ठाकुरले मधेसी, आदिवासी जनजाति, महिला, मुसलमान, पिछडिएको क्षेत्रलगायत सबै वर्ग समुदायको अधिकार सम्बोधन गरिएको संविधानले मात्रै देशमा दिगो शान्ति र स्थायित्व प्रदान गर्ने बताउनुभयो ।















प्रतिक्रिया