
उदयपुर, २२ साउन । नक्कली नोट सहित मंगलबार साँझ प्रहरीले मोहम्मद अनिल मियालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका ५ सिवाई बस्ने मियालाई च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटासहित पक्राउ गरेको हो ।
मोहम्मदले स्थानीय किराना पसलमा १ सय ४० रुपैयाँको सामान किनी हजार रुपैयाँको नोट दिएर ८ सय ६० फिर्ता लिएकोमा उक्त नोट नक्कली रहेको भन्ने जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले मोहम्मदको घर तलासी गर्दा उक्त नोटहरु फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।












प्रतिक्रिया