
काठमाडौँ, २१ साउन । कामना सेवा विकास बैंक लिको चितवनको नायाणगढको शाखा कार्यालय स्थानान्तरण भई कारोबार सुरु गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय साउन २१ गतेदेखि हाल सञ्चालित भवनसँगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भएको हो ।
भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाह ठकुरीले शाखाको कारोबार शुभारम्भ गरेकी थिइन् । समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमु्ख नारायणगढ सुरेन्द्र भण्डारीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैँकले जनाएको छ ।















प्रतिक्रिया