पोर्चुगल, २१ साउन । सोलुखुम्बुका ३५ वर्षीय रामबहादुर बस्नेतको पोर्चुगल उपचारको क्रममा दु:खद निधन भएको छ ।
स्वास्थ्यमा सामान्य गडबडी भएपछि अस्पताल पुगेका बस्नेतको पेटमा बढेको समस्याका लागि बेजाको सान्तियागो दि कासेइ अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । उनी तीन महिना पहिले पोर्चुगलमा आएका थिए ।
बस्नेतले पोर्चुगलको पिसफुल प्लानेट कम्पनीबाट कृषि क्षेत्रमा काम गर्दै आएका थिए ।
फुनेररिया काप्पुसुस (दाह संस्कारका लागि काम गर्ने एक एजेन्सी) मार्फत मृतकको पार्थीव शरीर नेपाल पठाउने प्रकृया शुरु गरिएको छ ।
एनआरएनए अध्यक्ष कुबेर कार्कीले साउन २० गते उनको शव नेपाल पठाइने जानकारी दिएका छन् ।
पोर्चुगलमा २०१० यता २७ नेपालीले ज्यान गुमाइसकेका छन् ।
















प्रतिक्रिया