भैरहवा, २० साउन । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तत्पबहादुर विष्टको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।
आइतबार बुद्ध एयरमार्फत नेपालगंजबाट काठमाडौं जाने क्रममा विमानमा बिहोस भएपछि विमानलाई भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो ।
विष्टलाई उपचारका लागि भैरहवास्थित यूनिर्भसल कलेजको मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
उनको उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । केही वर्षअघि ५७ वर्षीया विष्टको टाउकोको शल्यक्रिया गरेको थियो ।












प्रतिक्रिया