३० आश्विन २०८३, शुक्रबार

अर्जुन गुरुङले आइसीसीमा उम्मेदवारी दिने

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्ली अम्माई

बेल्जियम । गैर आवासीय नेपालीहरूको संस्था (एनआरएनए ) को निर्वाचनमा अन्तर्राष्ट्रिय सदस्य आईसीसीमा अर्जुन गुरुङले २०१९ -२१को लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २० वर्षदेखि बेल्जियममा हरेक नेपालीहरूको सुखदुःखमा साथसाथै रहेर सक्दो योगदान पुर्याएका गुरुङले पहिलो पटक गैह्र आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति सदस्यको लागि अगस्तको तेश्रो साता हुन गईरहेको एनआरएनको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि बेल्जियममा बसेर मजदुरको रुपमा काम गर्दै आएका गुरुङले प्रबासी नेपाली मंचको नेतृत्व गरिसकेका छन् । उनीसंग तमु समाज, एनआरएन लगायत धेरै संघ सस्थामा काम गरेको अनुभब छ।

बेल्जियममा उनी बाहेक ब्याबसायी गङ्गा शर्माले आइसीसीमा उमेद्वारी दिएका छन् ।

चित्र सुबेदी, अनुजा प्रधान, पदम गुरुङ र कमल पन्थीले आगामी एनआरएनए बेल्जियमको अध्यक्षमा, खड्क केसी वरिष्ठ उपाध्यक्षमा, तीर्थराज धमलाले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

कर्ण अधिकारिले ३० जुलाईमा एक प्रेसमिट गर्दै सचिव पदको लागि आफ्नो दाबी पेस गरेका छन् । अध्यक्षमा सुवास जोशीको समेत विशेष चर्चा रहेको देखिन्छ । क्रमस अन्य उमेद्वारीहरू दिने क्रम यथावत रहेको छ ।