३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैँक र होटल ह्यारिसन विराटनगरबीच सम्झौता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठडमाडौँ, १९ साउन । एनआईसी एशिया बैँक लिमिटेड र होटल ह्यारिसन प्यालेस विराटनगरबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेको बैँकले जनाएको छ । यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैँकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैँकले लिएको छ ।

बैँकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यससँगै सबैभन्दा धेरै शाखा विस्तार भएको बैँकको रुपमा एनआईसी बैँक स्थापित रहेको छ । बैँकले १७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।