१८ कार्तिक २०८३, बुधबार

सशस्त्रका तीन एआइजीहरुको सरुवा, को कहाँ पुगे हेर्नुहोस्

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । सरकारले सशस्त्र प्रहरी बलका तीन जना एआइजीहरुको सरुवा गरेको छ ।

प्रहरी कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआइजी पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

त्यसैगगरी, मानव स्रोत विभागमा कार्यरत रहेका अर्का एआइजी नारायण बहादुर थापालाई सीमा सुरक्षा विभागमा  सरुवा भएको छ ।

यस्तै,  सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी रामशरण पौडेललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।