१८ कार्तिक २०८३, बुधबार

उच्च रक्तचापका कारण पत्रकार थापाको मृत्यु 

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १९ साउन । नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ ।

उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय थापा पछिल्लो समय नेपाल पोष्ट खबर डटकममा आवद्ध थिए ।

महासङ्घले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपुरणीय क्षतिका रुपमा लिएको नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सचिव हेमन्त केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको कर्णाली प्रदेश पत्रकार महासङ्घका महासचिव दीपेन्द्र शर्माले विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । स्व. थापाको श्रीमती, दुई छोरा र दुई छोरी छन् । -रासस