३० आश्विन २०८३, शुक्रबार

चितवनका होटलमा डेटिङ जाँदा प्रहरी हिरासत जानुपर्ला ! यौनक्रिया गर्दागर्दै ४९ जोडी समातिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex

भरतपुर, ९ फागुन । वेश्यावृत्तिको आरोपमा प्रहरीले चितवनका विभिन्न होटल तथा गेष्ट हाउसमा छापा मारेर प्रहरीले ४९ जोडीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार बेश्यावृत्तिविरुद्ध बिशेष अभियान चलाउँदै होटलहरुमा छापा मारेको हो । छापा मार्ने क्रममा ४९ जोडी र १० जना होटल संचालक पनि पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिए । पक्राउ परेकामध्ये पाँच जोडीमात्रै श्रीमान श्रीमती भएको खुलेको छ । प्रहरीका अनुसार, पक्राउ परेका अधिकांश महिलाका श्रीमान विदेशमा छन् ।

नारायणगढको पुल्चोक, न्यूरोड, पोखरा वसपार्क, पारस वसपार्क क्षेत्रमा खोलिएका होटल, लज र रेस्टुरेन्टमा प्रहरीले थापा हानेको थियो । नारायणगढका होटलहरुबाट १७ जना महिला र १२ जना पुरुषहरु रंगेहात पक्राउ परेका थिए ।

प्रहरीले न्यू धौलागिरी, दिव्य होटल, लमजुङग भारते देउराली, सौगात होटल, अन्नपूर्ण होटल, कैलाश लज, महालक्ष्मी गेष्ट हाउस, धौलागिरी तन्दुरी, फेमेली गेष्ट हाउस लगायतमा छापा हानेको हो । चितवनको नारायणगढ र भरतपुरमा अवैध बेश्यावृत्तिका लागि बदनाम हुदै गएको छ ।