३ कार्तिक २०८३, मंगलबार

ओपोद्वारा चाइनाजोइ मार्फत “गेम कलर प्लस” र “डुअल वाई–फाई” प्रदर्शित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पबजी मोबाइलमा कन्ट्रास्ट ईफेक्ट (बायाँ पट्टिको दृश्य “गेम कलर प्लस” सुचारु गरिसकेपछिको नतिजा हो ।)

काठमाडौँ १७ साउन । ओपोले शाङघाईमा आयोजित चाइनाजोइ गेमिङ एक्स्पो मार्फत दूई नयाँ प्रविधि “गेम कलर प्लस” र “डुअल वाई–फाई” प्रदर्शित गरेको छ ।

प्रदर्शित गेम कलर प्लसले अति यथार्थवादी ईमेजिङ प्रस्तुत गर्छ भने डुअल वाई–फाई प्रविधिले नेटवर्कको गतिमा तिव्रता ल्याउन सघाउँछ । यी दूवै प्रविधिहरु मार्फत गेमिङ ईमेजको गुणस्तरमा जीवन्तता, ईन्टरनेटको गति र नेटवर्क विच रुकावत रहित स्विट्चिङ मार्फत प्रयोगकर्ताका गेमिङ अनुभवमा अनुकुलन ल्याउनु हो ।

गेम कलर प्लसका लागि क्वालकमसंग सहकार्य
गेम कलर प्लस, ओपो र क्वालकम विचको प्राविधिक सहकार्यको नतिजा हो । यसले मोबाइल फोन गेम्सका लागि सुधारित डिस्प्ले ईफेक्ट प्रस्तुत गर्छ । क्वालकम स्न््यापड्रागन एलिट गेमिङ र स्न््यापड्रागनकै सेल्फ एडेप्टिव प्रविधिद्वारा सञ्चारित गेम कलर प्लसले गेमिङ भिज्युलको गुणस्तर, विशेष गरी गेम सिन्सको विवरण, कलर स्याचुरेशन (रंग सन्तृप्टि) र कन्ट्रास्टमा उल्लेख्य सुधार प्रस्तुत गर्छ ।

गेम कलर प्लसमा गेमको दृष्य सम्प्रेशनलाई सुधार गरी ओपो स्मार्टफोनका स्क्रिनमा ठिक्क हुने गरी मिलान गर्दै प्रयोगकर्तालाई गेमको अझ सटिक दृश्यानुभुति लिन सघाउँछ ।

ओपो र क्वालकमले संयुक्त सहकार्य माफर्त, स्न््यापड्रागन एलिट गेमिङ पावर्ड “गेम कलर प्लस”का फिचर्स अनुकुलन गर्नुका साथै, यूआई डिजाइन, प्यारामिटर समायोजन, बग फिक्सेस्, प्रदर्शन र शक्ति परिक्षण लगायतका लागि पनि सहकार्य गरेको छ । प्रयोगकर्तालाई उत्कृष्ट गेमिङ दृश्यानुभुति दिने गेम कलर प्लस उपलब्ध गराउने पहिलो स्मार्टफोन कम्पनी बन्न सफल हुनु यही निकट सहकार्यको नतिजा हो ।

“गेम कलर प्लस”ले उर्जा बचत गर्ने फिचर्सका साथै सुदृढ दृष्य गुणस्तर र लामो ब्याट्री आयूपनि प्रदान गर्छ । यसको सहायता मार्फत गेमर्सहरु शक्ति खपतको चिन्ता विना गेमको मज्जा लिन सक्नेछन् ।

ईन्टरनेटको गतिमा तिव्रताका लागि डुअल वाई–फाई प्रविधि
ओपोले कलर ओएस ६ प्रयोग हुने स्मार्टफोनका लागि नयाँ डुअल वाई–फाई प्रविधि सार्वजनिक गरेको छ । यसमा समाहित नयाँ फिचरले उपकरणलाई एकै साथ दूई भिन्न सञ्जालसंग सम्पर्क स्थापित गर्ने, स्वतन्त्ररुपमा डाटा प्रेशित तथा प्राप्त गर्न, समग्र कनेक्शन गति समायोजन तथा मोबाइल भिडियो तथा गेम मार्फत प्रयोगकर्ताको अनुभव अनुकुलन गर्न सघाउँछ ।

ओपोको डुअल वाई–फाई प्रविधि ओपो रेनोमा उपलब्ध गरिएको डीबीएस/डीबीडीसी चिप प्रविधिबाट सञ्चालित छ । यसले स्मार्टफोनलाई दूई समान वा भिन्न एसएसआईडी भएका भिन्दा भिन्दै वाई–फाई हटस्पट्ससंग विना कुनै रुकावत सम्पर्क स्थापित गर्न सघाउँछ ।

डुअल वाई–फाई प्राथमिक तवरमा दूई विशेष अवस्थाका लागि उपयुक्त हुन्छ । पहिलो, जब उपकरणले चलायमान सञ्जाल वातावरणमा कमजोर सिग्नल प्राप्त गर्छ । यस्तो जानकारी पाउने वित्तिकै उपकरणले वैकल्पिक सिग्नलसंग सम्पर्क स्थापित गर्छ ।

दोस्रो जब प्रयोगकर्ताले कुनै फाइल डाउनलोड गरिरहेको हुन्छ । यस अवस्थामा भने उपकरणले डाउनलोडको गतिमा तिब्रताका लागि डुअल वाई–फाई सक्रिय बनाउँछ ।

ओपोको डुअल वाई–फाई प्रविधिले उपकरणलाई नीतिमा आधारित रोउटिङ र लिंक एग्रिगेसन÷डाइभर्जन प्रविधि मार्फत दूई हटस्पटसंग जडित भई दूई वाई–फाई कनेक्सन्सको निर्माण गरी दूई ईन्टरनेट कनेक्शन राउट्सको निर्माण गर्छ ।

यो फञ्सन सपोर्ट गर्ने ओपो मोबाइल फोनले सञ्जालको गतिलाई दूईगुणा बनाउने, झञ्झट रहित सञ्जाल स्विट्चिङ, विना रुकावत गेम खेल्ने, बिना प्रतिक्षा वेभ पेजहरु खोल्ने तथा ईन्टरनेटको गतिमा ह््रास विना अनलाईन भिडियो हेर्ने लगायत सुविधाको मज्जा लिन सक्छन् ।