
कतार, १७ साउन । गैरआवासीय नेपाली संघ कतारको महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेलले उम्मेद्वारी दिएककी छन् ।
एनआरएनए एनसीसी कतारको २०१९-०२१ कार्यकालका लागि भण्डारीले आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन् ।
भण्डारीले आफ्नो उम्मेद्वारी घोषणासँगै सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी बनाउने घोषणा गरेकी छन् । यसैगरी श्रमिक महिलाहरुको सिप तथा तालिम, महिला हिंसा न्युनिकरण, महिला सशक्तिकरणका लागि नेपाली राजदूतावास र सामाजिक संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता समेत जाहेर गरेकी छन् ।
श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी बनाउने आफ्नो उदेश्य रहेको उनले बताएकी छन् । त्यसैगरी, श्रमिक वर्गको हितको लागि स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टीको आयोजना गर्दै सचेतना जगाउने उनको प्रतिवद्धता छ ।
सरिता भण्डारी कतारबाट समाजसेवामा सक्रिय महिला हुन् । उनी मितेरी समाज कतारको सल्लाहकार समेत हुन् ।















प्रतिक्रिया