१७ कार्तिक २०८३, मंगलबार

भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १७ साउन । रुपन्देहीमा भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका-१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका-७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका-१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई पक्राउ परेको बताइएको छ ।