१७ कार्तिक २०८३, मंगलबार

चारैजना छोराछोरी अपाङ्गता भएकालाई उपमहानगरपालिकाद्धारा एक लाख सहयाेग

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १६ साउन । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर, एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोही पनि आँखा देख्न सक्दैनन ।

कान्छो छोरो बाहेक कोही पनि बोल्न समेत सक्दैनन् । उठेर हिँडन त परै जाओस्, बस्न पनि सक्दैनन् । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।

यही परिवारका लागि इटहरी उपमहानगरले एकलाख सहयोग गर्ने भएको छ । यो जानकारी दिन उपप्रमुख लक्ष्मी गौतम तामाङ्ग परिवारको घरमै पुगिन् । उपप्रमुख गौतमका अनुसार यसवर्षको बजेटमै उनीहरुको लालनपालनका लागि भनेर एकलाख वजेट व्यवस्था गरेका छौँ, अर्को वर्ष बढाउने छौ ।

त्यसको करिब २० दिनअघिमात्र इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी २ स्थित लक्ष्मण तामाङको घर पुगेको थियो । टोलीले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांगता भएको रातोकार्ड वितरण गरेको थियो ।

इटहरी सरकारको यस्तो सहयोग पाएपछि वुवा लक्ष्मण तामाङ्ग भन्छन् — सरकार घरदैलोमै आएको महसुस भयो । रातोकार्ड पाएपछि मासिक तीनहजार रकम पाउने प्रावधान छ ।

एकैपरिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपप्रमुख गौतमले उपमहानगरले मिल्ले र सक्ने सम्म सहयोग गर्ने बताइन् । उनले यो घरलाई मन्दिर सम्झेर सहयोग गर्न सबैपक्ष सँग आग्रह समेत गर्ने भएकी छन् । उनले भनिन् “एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यि सन्तानलाई भगवान सम्झेर सहयोग गरौँ ।”

१४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन्, बोल्न सक्दैनन्, जीउ लल्याकलुलुक छ उठेर बस्न सक्दैनन् । दिशा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ ।

आमा जसमाया भन्छिन् “रातभर सुत्न पनि पाइदैन,पालो पालो रेखदेख गर्छौँ । मेरो अरु केहि काम छैन यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु ।” वुवा लक्ष्मण सेवा निवृत नेपाली सेना हुन् । उनको पेन्सनवाट आउने रकम बाट जेनतेन परिवार धानिरहेका छन् । उनी भन्छन् यो भन्दा गाह्रो के हुन्छ होला र ?

बुबा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन । त्यसपछि बिस्तारै आँखा देख्न छाडिन, एक वर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो । केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन् । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उनलाई लागेको छ ।