३० आश्विन २०८३, शुक्रबार

बेल्जियममा सामाजिक सदभावको लागि ‘युरोप समर कप’

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-डिल्लीराम अम्माई

बेल्जियम, १६ साउन । यूरा ेनेपाल खेलकुद संघद्वारा आयोजित खुल्ला तथा ं३५ भेण्ट्रास फुटबल प्रतियोगिता २०१९ भब्य रुपमा सम्पन्न भएको छ ।

तमु समाजको एलए टाइगरले खुल्लातर्फ र प्लस ३५ भेण्ट्रान्सतर्फ झापाली समाजले विजय हासिल गर्दै ‘सद्भावना फुटबल प्रतियोगिता २०१९’ बेल्जियमको आन्त्वेर्पेनमा सम्पन्न भएको हो ।

यसपटकको प्रतियोगिता किशोरतर्फ आठौँ प्रतियोगिता हो । यसअघिका प्रतियोगिताहरू बेल्जियमका विभिन्न स्थानहरुमा सम्पन्न हुदै आएका थिए । युरो नेपाल खेलकुद संघका महासचिब मिन क्षेत्रीको बिशेष आग्रहमा बेनेलक्सका नेपाली राजदूत लोक बहादुर थापाले औपचारिक रुपमा उद्घाटन गरेको टुर्नामेन्टमा आयोजित खेलका संयोजक तुङ्गा निरौला र युरो नेपाल खेलकुद संघका अध्यक्ष किसन केशीले साथ दिएका थिए ।

खेलको प्रतिष्पर्धामा भाग लिने टिमहरुमा क्रमश किरात समाज एबी, यफसी गेन्ट, रोयल ब्रुगे, तमु समाजको यलए टाइगर, इएनयसए, आन्त्वेर्पेन यफसी, अन्नपूर्ण ब्रसेल, झापाली समाज, एनबियफसी र इएनयसए रहेका थिए ।

युरो नेपाल खेलकुद संघले गराउँदै आएको यो राष्ट्रिय फुटबल प्रतियोगिता (नेसनल समर टुर्नामेन्ट) वर्षेनी हुन्छ । यसपटक पनि अगाडिका बर्षहरुमा जस्तै यो खेल युरो नेपाल खेलकुद संघको आयोजनामा भएको थियो ।

प्रतियोगितामा सहभागी कूल १२ समूहमध्ये ओपन तर्फ ८ र भेट्रान्सतर्फ ४ समूह मैदानमा उत्रिएका थिए ।

खुल्लातर्फ उत्कृष्ट खेलाडीको तक्मा रितेस गुरुङले प्राप्त गरे । त्यस्तै टप स्कोरर नाहीम दिम र बेष्ट किपर बाल्दिप गुरुङले प्राप्त गरे । ं३५ भेण्ट्रान्सको उपाधितर्फ बेष्ट प्लेयर खिम कार्की, टप स्कोरर राजु श्रेष्ठ र बेष्ट कीपर पेमा भुटियाले प्राप्त गरे ।

सन् २०११ मा स्थापित युरो नेपाल खेलकुद संघले सन् २०११ मा नै गैर नाफामुखी संस्थाका रूपमा दर्ता भएको हो ।