
काठमाडौँ, १६ साउन । जबरजस्ती चोरी मुद्दामा फरार अभियुक्तहरुलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौतारा साङ्गाचोक गडी न.पा. वडा नं. १० बस्ने बर्ष २७ को विजय तामाङ्ग र चौतारा न.पा. वडा नं. ९ साङ्गाचोक बस्ने निकेश तामाङ्ग रहेका छन् ।
उनीहरुलाई २०७१ पुष २३ गतेको फैसलाले जनही ४ बर्ष १ महिना १५ दिन कैद र ४३ हजार एक सय पच्चिस जरिवाना तोकेको थियो ।

फरार रहेका उनीहरुलाई टोलिले भक्तपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेको छ ।
२०७० सालमा निकेश तामाङ्ग र विजय तामाङ्ले सिन्धुपाल्चोकको देउरालीस्थित बाटोमा व्यक्तिलाई डर त्रासमा पारी नगद रकम जबरजस्ती चोरी गरेका थिए ।












प्रतिक्रिया