पाँचथर, ९ फागुन । पाँचथरको फिदिममा रहेको एक पसलमा मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय, पाँचथरको आज नवनिर्मित भवनको गृहसचिव सूर्यप्रसाद सिलवालले गर्ने उद्घाटन कार्यक्रममा फिदिमस्थित तिमल्सेना स्टोर्सले दिएको २० कार्टुन मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटिएको प्रशासन कार्यालयका खरिदार सुरेन्द्र दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज हुने नवनिर्मित भवनको उद्घाटनका क्रममा खरिद गरेको पानीको बोतल खोलेर पानी खान खोज्दा मरेको मुसा र लेदो भेटिएको हो ।”
यस्तै उक्त पानी २०७१ कात्तिकमै म्याद सकिएको पाइएको थियो । उक्त मिनरल वाटर इलामस्थित वाटर इन्डस्ट्रिज प्रालिले बजारमा ल्याएको हो ।
यसैबीच तिमल्सेना स्टोर्सका प्रोप्राइटर प्रकाश तिमल्सेनाले कम्पनीमै फिर्ता गर्न लैजानका लागि लगिएको पानी नयाँ कामदारले भूलवस दिएको बताउनुभयो ।
यता प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने यसबारे छानबिन गरिने बताउनुभएको छ ।















प्रतिक्रिया