
सुरुङ्गा, १४ साउन । झापाको बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेल छन् ।
उहाँलाई आज बिहान घरमै विषालु सर्प (गोमन) ले डसेको बाह्रदशी गाउँपालिका–३ का वडासदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो ।
सर्पले डसेलगत्तै उहाँलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पु¥याइएको र भेन्टिलेटर अभावका कारण बिर्ता्सिटी अस्पताल पठाइएकामा मृत्यु भएको अधिकारीले बताउनुभयो । –रासस












प्रतिक्रिया