६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको कलंकीमा गोली चल्यो

100.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ साउन ।  काठमाडौँको कलंकीमा गोली चलेको छ । काेठाभित्र बसेर बढिरेहकी युवतीमाथि लक्षित गरि गोली प्रहार भएको हो ।गएराति  कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो ।

शर्माको तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली उनको काेठमा छिरेको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एयरगनको गोली होकि जस्तो देखिएको बताए । गोली परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।

घटनाको परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिने डिएसपी बोगटीले बताए ।