१७ कार्तिक २०८३, मंगलबार

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ 

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १२ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ ।

विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

 विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । -रासस