अमेरिका । अमेरिका (नासा ) र एसोसियसन अफ नेप्लिज ईन मिड वेष्ट- अमेरिका (एन्मा)को आगामी १५ औँ संयूक्त सम्मेलन नजिकिदै गर्दा आयोजकहरु सम्मेलनलाई सफल पार्न अहोरात्र लागि परिरहेका छन् ।
हरेक बर्ष भव्यताका साथ सम्पन्न हुदै आइरहेको सम्मेलन यस बर्ष पनि बिबिध कार्यक्रमका साथ मनाउने तयारी भैरहेको कुरा आयोजक समितिका प्रमुख प्रशिम पौडेलले बताएका छन् ।
हाई पोइन्ट स्थित नेपालीहरुको साझा संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टरको आयोजनामा दोस्रो पटक सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको १५ भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरु सहभागिता जनाउने गरी तयारी भैरहेको कुरा नासाका अध्यक्ष माधव ढकालले बताएका छन् ।
एन्माका अध्यक्ष बलराम पन्थीका अनुसार नेपाली कला र सस्कृतिको संरक्षण र प्रवर्दन गर्न र नेपाली तथा नेपालीभाषी बीचको भाईचाराका बृद्धिका लागि सम्मेलन कोशे ढुङ्गो साबित हुने कुरामा आफू बिस्वस्त रहेको कुरा बताएका छन् ।
यस पटकको सम्मेलनमा नेपाली कला र संगीतको संरक्षण र प्रवर्धन गर्दै नयाँ पुस्तालाई नेपाली गीत र संगीतप्रति आकर्षित गर्न प्रथम पटक ” सरगम प्लस ” नामक गायन प्रतियोगिताको आयोजना हुदैछ ।















प्रतिक्रिया