२८ आश्विन २०८३, बुधबार

कैलाली–६ : काँग्रेसले टुंगायो उम्मेदवार्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailali-6

धनगढी। आगामी असार ८ गते हुने संविधानसभाको उपचुनावका लागि कैलाली निर्वाचन क्षेत्र नं ६ बाट नेपाली काँग्रेसले उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

काँग्रेस कैलालीको बुधबार बसेको बैठकले जिल्ला सभापति नरनारायण शाह, धनगढी नगरपालिकाका पूर्वप्रमुख किशोरकुमार बम, नेता नारायणदत्त भट्ट, काँग्रेस नगर सभापति नृप ओड र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाको नाम सिफारिस गरेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।

एमाओवादीले भने कसलाई उम्मेदवार बनाउने भन्नेमा कुनै टुङ्गो लगाउन नसकेको सो पार्टीका जिल्ला इन्चार्ज हरि चौधरीले बताउनुभयो । समीकरणको कुरा चलिरहेकाले उम्मेदवारको टुंगो लगाउन ढिलाइ भएको चौधरीले बताउनुभयो । केन्द्रमा एमालेसँग समीकरण गरेर चुनावमा जाने विषयमा छलफल चलिरहेको बताइएको छ ।

केही दिनअघिसम्म क्षेत्र नं ६ बाट लेखराज भट्ट वा चौधरीको नाम उम्मेदवार हुने चर्चा चलेको थियो । एमालेले भने महेश्वर पाठक, नेपालु चौधरी र सुशीला बुढाथोकी, राप्रपा नेपालले राजेश भण्डारी र राप्रपाले गङ्गाराम राना, मदन सिंजापति र गोकर्णप्रसाद पौडेलको नाम सिफारिस गरिसकेका छन् ।