३ कार्तिक २०८३, मंगलबार

प्रभु बैंक र अर्बिट मेडिकल इन्ट्रेन्स प्रालिबीच सम्झौता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० साउन । प्रभु बैंक लिमिटेड र अर्बिट मेडिकल इन्ट्रेन्स प्रालिबीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति अनुसार अर्बिट मेडिकल इन्ट्रेन्स प्रालिको प्रभु बैँक आधिकारीक बैँक रहेको उल्लेख छ ।

जसअन्तर्गत कम्पनीसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिश भइ आएका उच्च शिक्षा हासिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैँकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा,SWIFT, TT, Online payment, Draft आदिका माध्यमबाट गरिने भएको छ ।

IELTS, TOEFL, PTE, CAE, SAT, GRE, GMAT, Tution Fee आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरीकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ ।

सेवालाई अझ सुव्यवस्थित गर्नको लागि बैँकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैँकको उक्त कार्यबाट धैरे भन्दा धैरे विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरु तथा तिनका आश्रितहरु लाभान्वित हुने अपेक्षा गरिएको बैँकले छ ।

उक्त सहमति पत्रमा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अर्बिट मेडिकल इन्ट्रेन्स प्रालिका तर्फबाट कम्पनीका प्रबन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका थिए ।