३ कार्तिक २०८३, मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्गबीच सम्झौता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रालिबीच खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

वीरगंज वडा न. १५ मा रहेको द हबि ट्रेडिङ्गबीच सम्झौता भएको हो ।

बैंक र बीच आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्रालिका तर्फबाट उक्त कम्पनीका अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध इस्कार्ट (Escort) कम्पनीको (xtreme) ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ्ख प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्दा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेहुनेछन् ।

यस सेवा अन्तर्गत ग्राहकवर्गले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने बैँकका महा नायब प्रबन्धक अपूर्व प्रसाद जोशीले बताए ।