३ कार्तिक २०८३, मंगलबार

यति एयरलाइन्सको २ उडान गन्तव्य थप, पोखराबाट भरतपुर र भैरहवा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पोखरा, ९ साउन । यति एयरलाइन्सले दुई उडान गन्तव्य थप गरेको छ । पोखराबाट दैनिक ‘माउन्टेन फ्लाइट’ सहित भैरहवा र भरतपुरका लागि दुई गन्तव्य थप गरेको छ ।

भैरहवा र भरतपुरका लागि एयरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम– ४१’ सञ्चालन गर्ने भएको छ । साउन १६ देखि भैरहवा–पोखरा, १५ भदौदेखि पोखरा–भरतपुर र २९ भदौदेखि ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट सुरु गर्ने एयरलाइन्सले जनाएको छ ।

नेपालगञ्जका लागि भने मागअनुसार उडान भर्ने छ । पर्यटक ‘माउन्टेन फ्लाइट’मा ३० मिनेटसम्म धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृखलाको दृश्यमा रमाउन सक्नेछन् ।