३० आश्विन २०८३, शुक्रबार

भवन भट्टले एनआरएनएकाे अध्यक्ष पदमा उम्मेदवारी नदिने

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गरेका छन् ।

दुई वर्षे कार्यकाल सकिन साढे दुई महिना अघि बाँकी रहँदा भट्टले दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक विशेष सम्बोधन गर्दै भट्टले अबको नयाँ नेतृत्व संस्थालाई गति दिनसक्ने बलियो होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

उनले आफू एनआएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि मात्रै हटेको टिप्पणी गरेका छन् ।

‘म चुनाव मात्रै नलड्न लागेको हुँ, एनआएनबाट रिटायर्ड भएको होइन, बरु झन् सक्रिय भएर लाग्नेछु’, भट्टले भने, ‘ म चालकको सिटबाट पछडि सरेको मात्रै हो । बसबाट निस्केको छैन ।’

नेतृत्वमा नरहेपनि एनआरएनसँग सम्बन्धित मामलामा आफू सँधै सँगै रहने भट्टको भनाई छ ।

‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएनए मेरो रगत रगतमा छ जीवनपर्यन्त रहन्छ’, भट्टले भनेका छन् ।

धेरै एनआरएनका शुभचिन्तकहरुले आफूलाई दोस्रो कार्यकालका लागि पनि तयारी गर्न सुझाव दिँदादिँदै पनि आफूले चुनाव नलड्ने निर्णय गरेको भट्टले बताए । भट्टले भने, ‘मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु ।’

एनआरएनमा रहँदा आफूले सबै पक्षको माया पाएको उल्लेख गर्दै उनले भने, ‘म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही माया हो । मेरो शुभेच्छुक र समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ ।’