
काठमाडौँ, ८ साउन । महालक्ष्मी विकास बैंकले विकास बैंकतर्फ पहिलो स्थान प्राप्त गरि अवार्ड हात पारेको छ ।
नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैंकतर्फ महालक्ष्मी विकास बैंक लिमिटेड प्रथम भएको हो ।
समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई अवार्ड प्रदान गरे ।
बैंकले पाएको यस सफलताको श्रेय बैंकका ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनीहरुलाई जाने बैंकले जनाएको छ।
आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा गरेको बैंकको भनाई छ ।















प्रतिक्रिया