
काठमाडौँ, ७ साउन । सिभिल बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रकाश तायलले गर्नुभयो ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथिमा सिभिल बैंकका संचालक प्रकाश तायल, विशिष्ट अतिथिमा प्रदेश नं १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी थिए ।
त्यस्तै विशेष अतिथिमा भद्रपुर नगरपालिका मेयर जिवन कुमार श्रेष्ठ र अतिथिमा भद्रपुर नगरपालिका उप मेयर चन्द्र माया श्रेष्ठ रहेका थिए । कार्यक्रम सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको अध्यक्षतमा भएको थियो । सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका अतिथि तथा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने बताए ।
स्थानीय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि जानकारी दिए ।















प्रतिक्रिया