३ कार्तिक २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकद्धारा अस्पताललाई मेसिनहरु निःशुल्क प्रदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ साउन । महालक्ष्मी विकास बैंकको परासी शाखाले पृथ्वीचन्द्र अस्पताललाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क प्रदान गरेको छ ।

शाखाले नवलपरासी रामग्राम स्थित पृथ्वीचन्द्र अस्पताललाई परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरिएको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्ता जनाएको छ ।