
काठमाडौँ, ६ साउन । प्रभु बैंक लिमिटेडले नयाँ एप्लीकेसन Prabhu Easy Forex सञ्चालनमा ल्याएको छ ।
अब यस अत्याधुनिक प्रविधिमार्फत वैदेशिक मुद्रा सटही सुविधाका लागि मोवाइलमा “Prabhu Easy Forex” एप्लीकेसनमार्फत अनलाइन आवेदन गर्न सकिने भएको छ ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल विदेश भ्रमण गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको र व्यस्त दैनिकीका बावजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी वैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रकृयालाइ प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि Prabhu Easy Forex एप्लीकेसन अति नै उपयोगी हुने विश्वास लिइएको छ ।
Prabhu Easy Forex मोवाइल एप हाल PlayStore बाट सजिलै डाउनलोड गर्न सकिनेछ भने AppStore मा समेत चाडै उपलब्ध हुनेछ । उक्त एप्लीकेसन मार्फत वैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ ।
आवेदकलाइ बैंकवाट केही समय भित्रमै SMS मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ तत्पश्चात आवेदकले आफ्नो अनुकूल समयमा तोकिएको शाखा तथा काउण्टरवाट वैदेशिक मुद्रा संकलन गर्न सक्नुहुनेछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित बैकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोवाइल एप बाट ग्राहकहरुको समय बचत हुने तथा विना झण्झट अनलाईन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले ग्राहकहरुले यसबाट अधिकतम् लाभ लिनुछन् भन्ने बैंकले विश्वास लिएको बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।















प्रतिक्रिया