गोरखा, ८ फागुन । गोरखाको ट्राफिक प्रहरीले बजार क्षेत्रमा सवारीसाधनले बजार क्षेत्रमा प्रेसर हर्न बजाएर ध्वनि प्रदूषण गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले गाडीको हर्न निकालेको हो ।
देउरालीस्थित मझुवा प्रहरी चौकीले २८ वटा सवारीको ५३ वटा हर्न, सदरमुकाममा २७ वटा गाडीको ७६ वटा हर्न र चार वटा ट्रकको प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो ।
“सवारीसाधनले जताभावी हर्न बजाउँदै हिँडेको जनगुनासो आयो” उहाँले भन्नुभयो, “बजार क्षेत्र, मुख्य व्यापारिक केन्द्र, विद्यालय क्षेत्रमा प्रेसर हर्न बजाउने सवारीको हर्न झिकेका हौँ ।”
हर्न झिक्ने अभियान सुरु भएको भन्दै उहाँले दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार, पालुङटार बजार, भच्चेक बजार, भाँलुस्वाँरा बजारलगायतका ठाउँबाट छुट्ने सवारीको प्रेसर हर्न झिक्ने काम सुरु भएको जानकारी दिनुभयो ।
“सवारी चालकलाई प्रेसर हर्न नबझाउन निर्देशन दिएका छौँ” उहाँले भन्नुभयो, “अटेर गरेर हर्न बजाउने सवारीलाई तुरुन्तै कारबाही गरिन्छ ।” गोरखाको बाह्रकिलो, छेपेटार, चोरकाटे क्षेत्रमा पनि गाडीको प्रेसर हर्न झिक्न थालिएको आचार्यको भनाइ छ ।
“पहिले हर्न झिक्न आग्रह गर्छौँ” उहाँले भन्नुभयो, “अटेर गर्नेलाई ट्राफिक नियमावलीअनुसार कारबाही अघि बढ्छ ।” एकपटक हर्न झिकिसकेको सवारीसाधनले पुनः प्रेसर हर्न बझाएमा जरिवाना लिने प्रहरीले जनाएको छ । “हर्न झिकेको सवारीको नम्बर टिपेका छौँ” ट्राफिक प्रहरी दुर्गाप्रसाद बन्जाडेले भन्नुभयो, “फेरि प्रेसर हर्न बजाउनेलाई कारबाही गरिन्छ ।















प्रतिक्रिया