२८ आश्विन २०८३, बुधबार

ब्युटिपार्लरहरूबाट महिला एचआइभीको शिकार बन्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, ८ फागुन । कतै तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न, एकपटक सोच्नुस है ।

तपाईको अनुहारकोे फोका तथा खिल निकाल्न प्रयोग गरिने उपकरण निर्मलीकरण गरेको छ की छैन सचेत हुनुहोस ।

ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ की छैन पहिचान गरेर मात्र प्रयोग गर्नुहोला, नत्र तपाई पनि एचआइभीको सिकार बन्नुहोला ।

यस्तै समस्याको सिकार भएकी छिन् नुवाकोटमा एक महिला ।

जव उनको गर्भमा ७ महिनाको बच्चा थियो ।

रक्त परिक्षण गर्दा उनी र गर्भमा रहेको बच्चामा एचआइभी संक्रमित भएको पत्ता लागेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

अन्नत ब्युटिर्पालरमा प्रयोग गर्ने उपकरण निर्मलीकरण नगरेकै कारण उनलाई एचआइभी लागृको पुष्टि भयो ।